कोरोनाबाट विश्वभर ३ करोड ७८ लाख बढी संक्रमणमुक्त



काठमाडौं,कात्तिक ३० । कोरोनाबाट विश्वभरमा ३ करोड ७८ लाखभन्दा बढी कोरोना मुक्त भएका छन् । आइतबार बिहानसम्ममा ३ करोड ७८ लाख ५६ हजार २२ जना संक्रमित कोरोनामुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हालसम्म विश्वमा पाँच करोड ४३ लाख नौ हजार पाँच सय तीन जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १३ लाख १७ हजार तीन सय ४३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ५१ लाख ३६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड १२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ६८ लाख ९० हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ५१ हजार दुई सय ५४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ८८ लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८२ लाख तीन हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २९ हजार ६ सय ७४ पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख आठ हजार दुई सय ९९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ७० हजार ६ सय ३२ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार दुई सय १५जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्