पञ्चकन्यामा बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण
नुवाकोट,कात्तिक १। अविरल वर्षाका कारण विस्थापित भई अस्थायी बासस्थानमा बस्दै आएका नुवाकोटको पञ्चकन्या गाउँपालिकाका बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
२०८३ भदौ ४ र ५ गते परेको अविरल भीषण वर्षाका कारण विस्थापित तथा जोखिममा परेका परिवारलाई गाउँपालिकाले व्यवस्था गरेको अस्थायी बासस्थानमा राहत सामग्री हस्तान्तरण गरिएको हो।
शनिबार गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसी तथा गाउँ प्रहरीको प्रत्यक्ष उपस्थितिमा प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
वर्षाका कारण प्रभावित भई अस्थायी बासस्थानमा बस्न बाध्य परिवारलाई लक्षित गरी राहत सामग्री उपलब्ध गराइएको हो।

