अमेरिकामा ट्रम्प र बाइडनका समर्थकबीच झडप



एजेन्सी कात्तिक ३० ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र नयाँ निर्वाचित राष्ट्रपति जोय बाइडनका समर्थकबीच झडप भएको छ ।

राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका र्‍यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडपहरू भएका हुन् । वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना मानिसलाई छुरा हानिएको थियो । ट्रम्प समर्थक र्‍यालीमा उग्र दक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए।

त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए। राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आएका छन्।

निर्वाचन अधिकारीहरूले भने अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भनि घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले थुप्रै प्रमुख राज्यहरूमा मतपरिणामलाई लिएर मुद्दा हालेका छन्। ती मुद्दामा उनले चुनावमा व्यापक रूपमा धाँधली भएको आरोप लगाएका छन् तर प्रमाण पेश गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्