भारतमा कोरोना संक्रमण बढ्दै,नयाँ दिल्लीमा लकडाउन गर्ने तयारी



एजेन्सी मंसिर २ ।

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन गर्ने तयारी गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमण नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार केजरीवालले केन्द्रीय सरकारसँग लकडाउन गर्न अनुमति दिन अनुरोध गरेका छन् ।

पछिल्लो समय दिल्लीका मुख्य क्षेत्रहरुमा कोरोना संक्रमणको दर तीव्र रूपमा बढ्दै गइरहेको छ । तीव्र संक्रमणको दर रोक्नका लागि केजरीवालले लकडाउन गर्न अनुमाति माग गरेको बताइएको छ ।

लकडाउन नभएपनि दिल्लीमा यसअघि खुकुलो बनाइएको प्रतिबन्ध साँघुरो पारिएको छ । विवाहलगायत जमघटमा यसअघि २ सय जनाको उपस्थित हुन दिइएकोमा अब ५० जनामा सिमित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्