अफगानिस्तानमा रकेट बम आक्रमण, ८ जनाको मृत्यु



एजेन्सी मंसिर ६ ।

अफगानिस्तानको राजधानी काबुलमा शनिबार २३ वटा रकेट बम आक्रमण भएको छ।

अफगान सरकारका अनुसार २३ वटा रकेट बम राजधानीमा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ।यस आक्रमणमा ३१ जना घाइते भएको समाचार त्यहाँको गृह मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले यस आक्रमण तालिबान समूहले गरेको आरोप लगाएका छन्। तालिबानले भने यस आक्रमणमा आफ्नो संलग्नता नभएको जनाएको छ। यस विषयमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्