भारतमा विषाक्त रक्सी पिउँदा ६ जनाको मृत्यु, १५ जना बिरामी



एजेन्सी मंसिर ६ ।

भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गएको छ । त्यस्तै अरू १५ जना गम्भीर बिरामी भएका छन् ।

प्रयागराज जिल्लामा भएको घटनामा बिरामी भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । प्रहरीले विषाक्त रक्सी बिक्रेतासहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी एक पसलबाट रक्सी किनेर लगेकाहरू रक्सी पिएपछि बिरामी परेका थिए । बिहीबार नै एक जनाको ज्यान गएको तथा हिजो र आज गरी मृतकको सङ्ख्या ६ पुगेको खबरमा उल्लेख छ । एक हप्ताअघि पनि उत्तर प्रदेशको राजधानी लखनउमा विषाक्त रक्सी पिएका ६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्