बेलायतद्वारा कोरोना फाइजर भ्याक्सिन स्वीकृत प्रदान



एजेन्सी, मंसिर १७ । फाइजर कम्पनिको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि बेलायतले स्वीकृत प्रदान गरेको छ । बेलायत सरकारले बुधबार उक्त भ्याक्सिनलाई स्वीकृत प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फाइजर बायोटेक भ्याक्सिन प्रमाणित गर्ने बेलायत पहिलो मुलुक बनेको छ । अमेरिकी कम्पनि फाइजरको भ्याक्सिन अमेरिकामा भने अझै स्वीकृतीको पर्खाइमा रहेको बताइएको छ ।

क्सिन ९५ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरिएको छ । यो भ्याक्सिन अन्यको तुलनामा महङ्गो र भण्डारण गर्न भने कठिन देखिएको छ । तर, प्रभावकारिताका दृष्टिले अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्