बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण



एजेन्सी,मंसिर १७ । बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता देओललाई कोरोना संक्रमण पुष्टि भएको भारतकाे हिमाञ्चल प्रदेशका स्वास्थ्य सचिव अमिताभ अवस्थीले जानकारी दिएका हुन् ।

अभिनेता देओल पछिल्लो केही दिनदेखि हिमाञ्चलकाे भ्रमणमा रहनुभएकाे अवस्थीकाे भनाइ छ ।

भ्रमण सकेर मुम्बई फर्किनुअघि कोभिड परीक्षण गर्दा देओल र केही साथीहरूमा संक्रमण पुष्टि भएको अवस्थीले जानकारी दिनुभएकाे भारतीय सञ्चारमाध्यमकाे समाचारमा जनाइएकाे छ ।

अभिनेता देओल भारतीय जनता पार्टीकाे तर्फबाट सांसदसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्