चीनको एक कोइलाखानीमा ग्याँस विष्फोट, कम्तीमा २३ मजदुरको ज्यान गयो



एजेन्सी,मंसिर २१ । चीनमा कोइलाखानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जना मजदूरकाे ज्यान गएको छ । चोकिङमा रहेको एक कोइलाखानीमा दुर्घटना भएको बताइएको हो । कोइलाखानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको विदेशी सञ्चारमाध्यमहरूले बताएका छन् ।

त्यस दुर्घटनामा परेका एकजनालाई भने उद्वार गरेर बाहिर निकालिएको उद्वारकर्मी तथा मजदुरकाे हवाला दिँदै सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनको समाचार समिति सिन्ह्वाका अनुसार शुक्रबार अपरान्ह पाँच बजेतिर खानीमा दुर्घटना भएको थियो । कोइलाखानी करिब दुई महिना अघिदेखि बन्द गरिएको सिन्ह्वाले उल्लेख गरेकाे छ ।

पटकपटक विष्फोटका घटना सार्वजनिक भैरहेतापनि पछिल्लो समय सरकारले तय गरेका सुरक्षाका मापदण्डहरु पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालैमात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्