विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७३ लाख



काठमाडौं, मंसिर २२ । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७३ लाख नाघेको छ । कोरोना संक्रमणबाट कुल मृतक संख्या भने १५ लाख ३४ हजार नाघेको छ । हालसम्म कोरोनाबाट ४ करोड ६५ लाख ८० हजार संक्रमणमुक्त भएका छन् । विश्वभर सक्रिय संक्रमितको संख्या भने एक करोड ९२ लाख रहेको छ ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ५१ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ २ लाख ८८ हजारको मृत्यु भएको छ । भारतमा ९६ लाख संक्रमितमध्ये एक लाख ४० हजारको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म २ लाख ४० हजार ९ सय ८१ जना कोरोना संक्रमित संख्या पुगेको छ । जसमध्ये १५ सय ९४ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्