सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु



एजेन्सी,मंसिर २२ । अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा सुरक्षा निकायले गरेको कारबाहीमा २८ जना तालिबानी मारिएका छन् । सो प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गर्दा २८ तालिबानीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।

सो क्षेत्रमा पर्ने ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले आक्रमण गरेका थिए । उक्त आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा तालिबानी समूहका लडाकू मारिएका हुन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार ती लडाकूहरु मारिएका आइतबार जानकारी गराएको थियो । कारबाहीको क्रममा सुरक्षाबलले युद्धविमान समेत प्रयोग गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्