फ्रान्समा हेलिकप्टर दुर्घटना: पाँच उद्धारकर्मीले नै ज्यान गुमाए



एजेन्सी,मंसिर २४ । फ्रान्समा मंगलबार भएको एक हेलिकप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजनाको ज्यान गएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जनासहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सिएनएन समाचारले जनाएको छ ।

हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएको बताइएको हो । दुर्घटनाको कारणका बारेमा खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्