नाइजेरियामा बोको हरामद्वारा अपहरित ३४४ विद्यार्थी मुक्त



एजेन्सी पुस ३ ।

नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका तीन सय ४४ विद्यार्थी मुक्त भएका छन् ।

आतंककारी समूह बोको हरामद्वारा अपहरणमा परेको तीन सय ४४ विद्यार्थी अपहरणमुक्त भएका हुन् । अपहरण मुक्त भएका प्रायःविद्यार्थी केटा भएका त्यस राज्यका गभर्नर अमिनु मासारीले बताएका छन् ।

हाल ती विद्यार्थि कितसिना राज्यतर्फ फर्किर्दै गरेका र उनीहरुलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताएका छन् । कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण बन्दुकधारी समूहले अपहरण गरेका थिए ।

स्थानीय सञ्चार माध्यमकाअनुसार ती विद्यार्थिलाई छिमेकी पर्ने राज्यको एक विशाल जंगलमा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्