विश्वमा पाँच करोड ३७ लाख कोरोनामुक्त, १६ लाख ९१ हजारको मृत्यु



 एजेन्सी, पुष ५ । कोरोना संक्रमणबाट विश्वभरमा पाँच करोड ३७ लाखभन्दा बढीले मुक्ति पाएका छन् । आइतबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट पाँच करोड ३७ लाख १८ हजार तीन सय ७३ जना संक्रमितले मुक्ति पाएका हुन् ।

हालसम्म विश्वमा ७ करोड ६५ लाख ८८ हजार सात सय ८२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १६ लाख ९१ हजार ६४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ११ लाख ७९ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ८० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड पाँच लाख २७ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख २३ हजार तीन सय ४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ३१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ लाख ७९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार पाँच सय १३ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ५३ हजार एक सय ८४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ४२ हजार पाँच सय ६७ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार सात सय ७७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्