आगामी मंसिरमा महाधिवेशन गर्ने नेकपा ओली समूहको निर्णय



काठमाडौं पुस ७ । नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले आगामी २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनबारे अध्यक्ष ओलीको प्रस्तावलाई अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने छ ।

आजकै बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ । उक्त कमिटीको बैठक पुस ९ गते बस्ने भएको छ । त्यस्तै ओली पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्