कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको सख्या १७ सय ९८ पुग्यो



काठमाडौं पुस ७ ।

पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७९८ पुगेको छ । मन्त्रालयका अनुसार ७ हजार ७२९ जना आइसोलेसनमा छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ४५ हजार ७०९ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ८४ हजार १८१ पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्