डाक्टर खतिवडा राजदूत नियुक्त



काठमाडौ,पुष ८ । संयुक्त राज्य अमेरिकाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडालाई नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।
मङ्गलबार राष्ट्रपति भण्डारीले डाक्टर खतिवडालाई मन्त्रिपरिषद्को सिफारिसमा राजदूत पदमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यसअघि डाक्टर खतिवडा राष्ट्रिय सभाको सदस्य भई सरकारको अर्थमन्त्रीसमेत भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्