थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टी, ९५२ जना डिस्चार्ज



काठमाडौं पुस ८ ।

बुधबार थप ७ सय ४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६५५९ जनामा गरिएको पिसिआर परिक्षणमा ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो ।यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्