काठमाडौं उपत्यकामा ३१८ जना कोरोना संक्रमित थपिए



काठमाडौं पुस ८ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ३१८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै, काठमाडौंमा २५० जना संक्रमित थपिएका छन्।  मन्त्रालयका अनुसार भक्तपुरमा ३४ र ललितपुरमा पनि ३४ जना संक्रमित थपिएका छन्। 

यस्तै, सोही अवधिमा देशभर ६ हजार ५५९ नमूनाको पीसीआर परीक्षण गरिएकोमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्