नेकपा नुवाकोटका नेता तथा प्रदेश सांसद बद्री मैनालीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं, पुष ८ । नेकपा नुवाकोटका नेता तथा वाग्मती प्रदेश सांसद बद्री मैनालीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको सांसद मैनालीले साझापथलाई बताए । उनले सोमबार स्वाब परीक्षणका लागि दिएका थिए । आज आएको रिपोर्टमा पोजिटिभ देखिएको हो।

उनलाई कोरोनाको लक्षण पनि देखिएको छ। ज्वरो आउने र खोकी लाग्ने गरेको उनले बताए।

होम आइसोलेसनमा बसेका उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गरेका छन् उनले सामाजिक संजाल फेसबुकमा चीनदेखि सुरु भएको कोरोनाले आफूलाई पनि नछाडेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्