जनकपुर स्थित एक डिपार्टमेण्ट स्टोरमा आगलागी, ठुलो क्षति



जनकपुरधाम पुस ९ ।

जनकपुरधाममा रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा र एक रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ ।

जनकपुरथाम उपमहानगरपालिका २ शिवचोकमा रहेको डिपार्टमेन्ट स्टोर र एक रेस्टुरेन्टमा लागेको आगो भर्खरै निभाइएको उपमहानगरपालिकाका उपप्रमुख रीताकुमारी मिश्रले जानकारी दिए ।

धनुषा र महोत्तरीबाट पाँच वटा वारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको हो । धनुषाको धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकपुर एअरपोर्ट र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुण यन्त्र आगो निभाउन घटनास्थलमा पुगेको थियो ।

आगोले करोडौँ रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको उपमहानगरपालिकाका उपप्रमुख मिश्रको भनाइ रहेको छ । बिहीबार बिहान ११ बजेदेखि लागेको आगो दिउसो २ बजे मात्रै निभाइएको हो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्