पत्रकार महासंघ नुवाकोटले गर्‍यो ४ पत्रकारलाई सम्मान



नुवाकोट,पुष ९ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले आफ्नो १० औ बार्षिक साधारणसभाको अवसर पारेर यस वर्ष ३ जना पत्रकार पुरस्कृत गरेको छ भने १ जना पत्रकारलाई भने सम्मान गरेको छ ।

विगत दुई वर्षदेखि शाखाले जिल्लामा सक्रिय रुपमा पत्रकारिता गरिरहेका तीन जनालाई पुरस्कृत र १ जनालाई सम्मान प्रदान गर्दै आइरहेको शाखाका अध्यक्ष कपिलदेव खनालले जनाए।

बिहिवार आयोजित एक समारोहमा गतवर्ष झै तीन पत्रकारलाई पुरस्कृत र एक पत्रकारलाई सम्मान गरिएको छ। यस वर्ष त्रिशूली प्रबाह साप्ताहिका प्रकाशक एवं सम्पादक शरण उत्सुक सापकोटालाई दिर्घसेवा सम्मान र अर्थपथ डटकमका सम्पादक बिष्णुराज जम्कट्टेल (बिष्णु तारुके)लाई स्वर्गीय मोहन विक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

त्यस्तै सगरमाथा पोष्ट डटकमका सम्पादक रबिनप्रसाद थपलियालाई स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार र बिबिसी नेपाली सेवाका संवाददाता शक्तिमाया तामाङलाई महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टको प्रमुख आतित्थतामा भएको थियो ।                                

प्रतिक्रिया दिनुहोस्