थप ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टी, ७ सय ३९ जना डिस्चार्ज



काठमाडौं पुस ९ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७ सय ३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ ।

गत २४ घण्टामा ५ हजार ५ सय १० पीसीआर परीक्षण भएको छ। हाल देशभर ७ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्