काठमाडौँ उपत्यकामा २ सय ४४ जना कोरोना संक्रमित थपिए



काठमाडौं पुस ९ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेमा १०० महिला र १४४ पुरुष छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्