नुवाकोटमा कोरोनामुक्त हुनेको संख्या ८ सय ४०, सक्रिय संक्रमित १५९



नुवाकोट,पुष १० । नुवाकोटमा कोरोनामुक्त हुनेको संख्या ८ सय ४० जना पुगेको छ ।

बिहिवारको पछिल्लो २४ घण्टामा ११ जना कोरोनामुक्त भएसँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ८ सय ८० पुगेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जनाएका छन् । त्यस्तै बिहिवार २५ जनाको पिसिआर परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको खनालले जानकारी दिए ।

संक्रमितमध्ये दुई पुरुष र एक महिला रहेका छन् । संक्रमितहरु विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिकाका एकएक जना रहेका छन् । नुवाकोटमा कोरोना संक्रमितको संख्या भने ९ सय ९९ रहेकोे छ। जस्मा सक्रिय संक्रमित संख्या १ सय ५९ रहेको छ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट एक व्यक्तिको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्