नुवाकोटको किस्पाङ गाउँपालिकाले दियो क्रिसमसको सार्वजनिक विदा



नुवाकोट, पुष १० । नुवाकोटको किस्पाङ गाउँपालिकाले इसाई धर्माबलम्बीहरूको चाड क्रिसमसको अवसरमा आफ्नो सेवा क्षेत्रभर सार्वजनिक विदा दिएको छ ।

आज शुक्रबार क्रिसमसको अवसरमा सार्वजनिक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमवहादुर घर्तीद्वारा जारी सूचनामा उल्लेख छ ।

पुष १० गते उक्त चाडको दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थाहरू विदा हुने व्यहोरा समेत सूचनामा सूचित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्