थप ६०८ जनामा कोरोना संक्रमण पुष्टी, ८ सय ९२ जना डिस्चार्ज



काठमाडौं पुस १० ।

पछिल्लो २४ घण्टामा ६०८ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रायलको शुक्रबारको तथ्यांकअनुसार गत २४ घण्टामा ४ हजार १४२ पीसीआर परीक्षण गर्दा २३७ महिला र ३७१ जना पुरुषमा कोरोना पुष्टि भएको हो। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८९२ छ। हालसम्म २ लाख ४८ हजार २९२ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्