दाङमा बलात्कार गरेको आरोपमा २ जना पक्राउ



दाङ पुस १० ।

बलात्कार गरेको आरोपमा दाङमा दुई जना पक्राउ परेका छन् । बिहीबार राति ९ बजे घरमा सुतिरहेकी १७ बर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–५ बगरपुर निबासी २८ बर्षका सुनिल कुमाल पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आरोपीलाई बिहानै घरबाट पक्राउ पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । बलात्कारका कारण रक्तश्राव भएपछि पीडित किशोरीको तुलसीपुरको एक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी गएको भदौ २५ गते बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर पालिका–७ मटेरा निबासी २८ बर्षका रमण ओली रहेको प्रहरीले जानकारी दिएको छ । ओलीलाई पीडितले जाहेरी दिएको आधारमा पक्राउ गरेको डिएसपी सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्