भारत लैजाँदै गरेका २ युवतीको उद्धार



कैलाली पुस १० ।

भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले कैलालीबाट उद्धार गरेको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिका१ की १८ वर्ष र धादिङको थाक्रे गाउँपालिका५ की २० वर्षकी युवतीको उद्धार गरी आवश्यक अनुसन्धानका लागि शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताएका छन् ।

युवतीलाई भारततर्फ लैजाने काममा संलग्न वेदकोट१ हात्तिथलाका २० वर्षका लोकेन्द्र बोहरा र बझाङको मष्टा गाउँपालिका३ ठकुरीथानाका २१ वर्ष सुनिल बोहरालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्