सवारी चालक अनुमति पत्रको अनलाइन फारम मंगलबारदेखि खुल्ने
![](https://www.sajhapath.com/wp-content/uploads/2020/09/smart-license-.jpg)
काठमाडौं पुस १० ।
सवारी चालक अनुमति पत्रको अनलाइन फाराम मंगलबारदेखि खुल्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी पुस १४ मंगलबारदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुल्ने यातायात व्यवथा विभागले बताएको छ ।
कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि सवारीचालक अनुमति पत्रको अनलाइन फाराम बन्द भएको थियो ।