एकल गायनमा राज्यमन्त्री मानन्धरद्वारा विश्व रेकर्ड कायम



काठमाडौ,पष ११ । बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गरेका छन् । वल्र्ड बुक अफ रेकर्ड युकेमा उनले उक्त रेकर्ड कायम गरेका हुन ।

कार्यक्रम शुक्रबार आयोजना गरिएको थियो। सो कार्यक्रममा मन्त्री मानन्धरले दिउँसो १ः१५ बजेदेखि लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन । राज्यमन्त्री मानन्धरले उक्त समयमा ५९ वटा गीत गाएका थिए ।

सो समयमा उनले चर्चित पुराना गायक नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ लगायतको केही राष्ट्रिय गीत, केहि आधुनिक गीत र नेवारी गीतहरु समेत गाएका थिए ।

सो अवसरमा प्रधानमन्त्री पत्नी राधीका शाक्य, सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङ लगायतले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप चिनाउन महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्