बालबालिकासहित १ सय ५ को उद्धार



सुनसरी,पुष ११ । जिल्लालाई ‘सडक मानवमुक्त बनाउने अभियान’ अन्तर्गत बालबालिकासहित एक सय पाँच जनाको उद्धार गरिएको छ । शुक्रबार इटहरीमा एक कार्यक्रम गरी सडकमा बास बस्न बाध्य भएका धरान र इटहरी क्षेत्रका मानिसलाई उद्धार गरिएको हो ।

पारिवारिक कलहबाट, मानसिक रोगी तथा सडकमै जन्म लिएका सडक मानिसको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत धरान क्षेत्रका १२ जना बालबालिकासहित ७५ जना र  इटहरी क्षेत्रका ३० जनालाई उद्धार गरिएको हो।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्