अब तरकारी किन्दा ‘क्युआर कोड’ मार्फत भुक्तानी



काठमाडौ,पुष ११ । नक्सालको तरकारी बजारका ग्राहकले क्युआर कोडमार्फत भुक्तानी गरेर तरकारी किन्न सक्ने भएका छन् । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर कोडबाट भुक्तानी गरेर शुभारम्भ गर्नुभएको हो ।

नगदसहित कारोबारलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ राष्ट्र बैंकले क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानका रुपमा अगाडि बढाउने तयारी भएकोसमेत अधिकारीले बताउनुभयो ।

नक्साल तरकारी बजारमा थालिएको क्यूआर कोडको अभ्यास प्रविधिमैत्री कारोबारमा एउटा उत्साहजनक सुरुवात भएको बताइएको छ।

यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्