फ्रान्समा पनि कोरोनाको नयाँ भाइरस संक्रमण पुष्टि



एजेन्सी,पुष ११ । फ्रान्समा पनि कोरोना भाइरसको रुपान्तरित नयाँ भाइरसको संक्रमित भेटिएका छन् । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो ।

नयाँ प्रकारको कोरोना भाइरस यसअघिको भन्दा संक्रामक रहेको चिकित्सकहरुले बताएका छन् । डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्सेली पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी टोर्स शहरका बासिन्दा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित व्यक्तिमा कुनै पनि लक्षण नदेखिएको र अहिले उनी सेल्फ आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बेलायतमा रुपान्तरित कोरोना भाइरसको संक्रमण देखिएपछि विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्