काठमाडौं उपत्यकामा २६७ कोरोना संक्रमित थपिए



काठमाडौं पुस ११ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २६७ कोरोना संक्रमित थपिएका छन्।

मुलुकभर थपिएका ५०० संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र २६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। जसमा ११७ महिला र १५० पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना संक्रमित थपिएका हुन।

प्रतिक्रिया दिनुहोस्