मोबाइल चार्ज गर्ने क्रममा घरमा आगलागी



काठमाडौं पुस ११ ।

मोबाइल चार्ज गर्ने क्रममा ‘सट’ हुँदा एक घरमा आगलागी भएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका–१ तुफान चोकमा रहेको राधाकृष्ण मन्दिरनजिक रानीवनमा एक घरमा आगलागी भएको छ । तीनतले घरमा आगो लागेको हो । राधाकृष्ण मन्दिरनजिक रानीवनमा एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

घरधनीले आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किंदा आगो बलिरहेको देखेर पानी हाल्दा झन् बलेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी परिसरको टोली घटनास्थल पुगेको थियो ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्