प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशको विजयी शुरुवात



काठमाडौ,पुष १२ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेको छ ।

दाङमा शनिबारदेखि शुरु प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश दुईलाई ९ विकेटले हराएको हो । ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६ दशमलव १ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको थियो ।

लुम्बिनीकी गीता घोषले अविजित २३ रन बनाइन् । त्यस्तै कप्तान नेरी थापा १५ रनमा नटआउट रहँदा सरस्वती गंगा मगर २२ मा आउट भइन् । बलिङमा प्रदेश २ की कविता गौतमले एक विकेट लिइन् ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश दुईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७७ रन बनाएको थियो । उसका लागि अनुराधा चौधरी र सना प्रविनले समान २१/२१ रन बनाए । प्रतियोगिता पुष १९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्