प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेटमा लुम्बिनीको सहज जित



दाङ पुस १२ ।

प्रधानमन्त्री कप महिला टी–ट्वान्टी कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सहज जित निकालेको छ ।

दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतवार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशविरुद्ध ९ विककेटले जित हात पारेको छ । कर्णालीले दिएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ ओभर ३ बलमा पूरा ग¥यो । लुम्बिनी प्रदेशका लागि कप्तान नेरी थापाले ९ रन बनाइन् । गीता गोसाईले ४ रन बनाउन सफल भइन् ।

बलिङतर्फ कर्णालीका लागि अन्जु गुरुङले एक विकेट लिइन् । यसअघि मौसमका कारण १३ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ५ विकेट गुमाउँदै मात्र ३४ रन बनाउन सफल भएको हो ।कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रन बनाउन सफल भइन् ।

त्यस्तै अन्शु शाक्यले ७ रन बनाइन् । तिर्सना विश्वकर्मा, मोनिका रानाले २–२ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी लागि कप्तान नेरी थापाले दुई विकेट लिइन् । आजको खेलमा जित निकाल्दै लुम्बिनी प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आफूलाई बलियो बनाएको छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्