भूकम्पपीडितलाई अनुदान १० लाख पुर्‍याउन माग



भक्तपुर, पुष १३ । भूकम्पपीडितलाई प्रदान गरिने पुननिर्माणको अनुदान रकम १० लाख पुर्याउन माग गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय पुननिर्माण प्राधिकरण भक्तपुर जिल्ला निजी आवासमा पुननिर्माणसम्बन्धी आइतबार बसेको बैठकमा यस्तो निर्णय गरिएको हो ।

बैठकले अनुदान रकमलाई किस्ता-किस्ता गरी लिनुपर्ने बाध्यताको अन्त्य गरी एकमुष्ट वितरण गर्नुपर्ने र किस्ता लिने समय थप गर्नुपर्ने निर्णयसमेत गरेको बताइएको छ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्