बितेको २४ घण्टामा ६५९ संक्रमित थपिए, ७१८ जना डिस्चार्ज



काठमाडौं, पुष १३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ६ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय १८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५० हजार ५ सय ८१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्