थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं,पुष १३ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १८३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा समयावधिमा नयाँ संक्रमित ६ सय ५९ थपिएका छन् । आज ७ सय १८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५८ हजार ८ सय ४० संक्रमित भएपनि २ लाख ५० हजार ५ सय ८१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ६ हजार ४ सय २७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १९ लाख १५ हजार २ सय ३२ जनाको पिसीआर परिक्षण भएको छ भने  क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ६९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्