कपिलवस्तुमा १६ वर्षीय किशोरीको शव फेला



कपिलवस्तु,पुष १३ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मदवा स्थित जवई खोलामा एक १६ वर्षीय किशोरीको शव फेला परेको छ । मदवाका मान बहादुर रोक्काको १६ बर्षिय छोरी दिपा रोक्काको शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिए।

शनिबार घरदेखी हराएकी दिपाको गाँँउ नजिकै खोलामा शव फेला परेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजे स्थानियले खोला नजिकै घाँस काट्न जादाँ शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । सो घटनाको विषयमा थप अनुसान्धान भैरहेको प्रहरी निरिक्षक खरेलले बताउनु भयो । घटना स्थलमा प्रहरी पुगेर बालिकाको शव उठाई अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

दिपाको हत्या हो की आत्मा हत्या खुल्न नसकेको प्रहरीले जनाएको छ । दिपा शनीबार देखी घर देखी हराए पनि परिवारले सोमबार मात्र प्रहरीलाई दिपा हराएको खबर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्