टोखाको झोरमा राँके जुलुस



झोरमा निस्किएको राँके जुलुसमा सहभागीहरु तस्वीर:एसके डङोल

झोर,पुष १३ । प्रतिनिधिसभा विघटनको बिरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टोखा नगरपालिका वडा नम्बर १ झोरले राँके जुलुस प्रदर्शन गरेको छ।

सोमबार साँझ फूलबारी चोकदेखि सुरु भएको जुलुसमा सहभागीले प्रतिगमन मुर्दावाद, संबैधानिक कु खारेज गर,केपि-विद्या पाराले – दुख पाए साराले जस्ता नारा लगाएका थिए।

प्रदर्शनमा काठमाडौ नेकपा जिल्ला कमिटीका सदस्य राजन लामिछाने, कृषि तथा भुमिसुधार समिति वाग्मती प्रदेश कमिटी सदस्य लक्षमण बिडारी,  टोखा नगर कमिटिका सचिवालय सदस्य एसके डंगोल,प्रमोद अधिकारि, टोखा नगर कमिटीका सदस्य यमुना पुडासैनी, वडा कमिटिका अध्यक्ष सन्तोष दुलाल लगायतको सहभागिता रहेको दिपेन्द्र तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्