जीप ठक्करबाट १ को मृत्यु



दाङ,पुष २४ । जिल्लामा जीपको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–५ नर्तिमा लु २ च ५६६४ नम्बरको बलेरो जीपले ठक्कर दिँदा सोमबार साँझ ६ बजे पैदल हिँडिरहेका प्युठान, मल्लरानी गाउँपालिका –५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मुत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्