सवारी चालक अनुमतिपत्र लाइसेन्स का लागि अनलाइन फाराम खुला



काठमाडौं पुस १४ ।

नौ महिनापछि सवारी चालक अनुमतिपत्र लाइसेन्स का लागि अनलाइन फाराम खुला भएको छ ।

कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम मङ्गलबारदेखि सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिए ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरेको उनले बताउए। अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको र अब नियमित परीक्षा हुने पनि उनले बताए ।

अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि निर्देशक भुसालले जानकारी दिए ।

काठमाण्डौ उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्