टर्की र बेलायतबीच स्वतन्त्र व्यापारका लागि सम्झौता



एजेन्सी पुस १४ ।

टर्कीका राष्ट्रपति तैय्यप एर्दोगनले बेलायतसँग स्वतन्त्र व्यापारका लागि सम्झौता गरेको छ ।

बेलायतले युरोपियन युनियनसँगका आबद्धता छोटेसँगै टर्कीले व्यापार सम्झौता गर्ने भएको हो । बेलायतको व्यापार मन्त्रालयले सम्झौतासँगै दुवै देशबीच नयाँ व्यापारिक सम्बन्ध स्थापित गर्न सहज हुने जनाएको छ ।

गत हप्ता बेलायती प्रधानममन्त्री बोरिस जोनसनले युरोपेली युनियनसँग ब्रेक्जिटपछिको नयाँ सम्झौता गर्नुभएको थियो । सन् २०१९ मा बेलायत र टर्कीबीच व्यापारिक सम्बन्ध १८ दशमलव ६ अर्ब पाउण्ड बराबरको थियो ।

बेलायतले टर्र्कीसँग गरेका यो पाँचौ सम्झौता हो । यसअघि जापान, क्यानडा, स्वीट्जरल्याण्ड र नर्वेसँग व्यापार सम्झौता भइसकेको छ ।

बेलायतले आगामी जनवरीअघि नै ब्रेक्जिटको समयावधी समाप्त हुनुअघि नै ६२ राष्ट्रसँग व्यापार सम्झौता गरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बेलायतको यो कदमले युरोपियन युनियनको व्यापारमा असर पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्