कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि सरकारद्वारा औपचारिक प्रक्रिया शुरु



काठमाडौं पुस १५ ।

सरकारले कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ ।

२० प्रतिशत जनसंख्यालाई पुग्ने खोप खरिदका लागि सहजीकरण गर्न भन्दै भारतलाई औपचारिक पत्र पठाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिए ।

भारतबाट खोप खरिदका लागि आवश्यक पर्ने खर्चसमेत सरकारले जुटाइसकेको छ । पहिलो चरणमा २० प्रतिशत खोप खरिद गरेर फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई लगाउने सरकारको तयारी छ । भारतबाहेक अन्य मुलुकबाट पनि खोप खरिदको तयारीमा सरकार लागेको छ ।

प्रतिक्रिया दिनुहोस्