प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ द्धारा सुदूरपश्चिम ५ विकेटले पराजित



काठमाडौं पुस १० ।

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ ।

लगातारको दोस्रो जितसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो । दाङको लमहीमा सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । प्रदेश १ को लागि रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन् भने सुदूरपश्चिमकी दीपा जोराले २ विकेट लिइन् ।

१६ ओभरको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिममले ८ विकेट गुमाएर ५३ रन बनाएको थियो । उसका लागि कविता जोशीले सर्वाधिक १४ रन बनाइन् । प्रतियोगितामा अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेश खेलिरहेका छन् । समूह १ बाट एपीएफ र लुम्बिनी सेमिफाइलनमा पुगिसकेका छन् । समूह बी बाट अहिलेसम्म सबै टोलीको सेमिफाइलनको सम्भावना कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्