कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १८ सय ४७ पुग्यो



काठमाडौं पुस १५ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

यसअघि मंगलवार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्