नेपालमा अझै कोरोना संक्रमणको उच्च जोखिम कायमै छ डा.गौतम



काठमाडौ पुस १५ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अझै कोरोना संक्रमणको उच्च जोखिमको अवस्था रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवारको पत्रकार सम्मेलनमा बोल्दै नेपाल कोरोना संक्रमणको उच्च जोखिमको अवस्थामै रहेको जानकारी दिएका हुन्। डा. गौतमले विश्वमा कोरोनाको खोपको विकास भइरहेको शुभ संकेत देखिएको र खोप प्राप्तीका लागि सरकार योजनावद्ध तरिकाले लागेको पनि जानकारी दिए।

डा. गौतमले कोरोना विरुद्धको औषधि पत्ता नलागेको अवस्थामा आफू र आफ्ना आफन्तलाई कोरोनाबाट बचाउन जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने बताए।

डा. गौतमले यस्ता बानीमा सुधार भए कोरोना संक्रमणबाट मात्र नभइ धेरै किसिमका सरुवा रोगबाट बच्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस्